शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लिभरपुलको शतप्रतिशत रेकर्ड कायम

बिहीबार, ०९ मङ्सिर २०७८, १० : ०५
बिहीबार, ०९ मङ्सिर २०७८

पोर्टोमाथि सहज जित निकाल्दै लिभरपुलले यो सिजन च्याम्पियन्स लिगमा आफ्नो शत प्रतिशत रेकर्ड कायम राखेको छ । बुधबार राति भएको खेलमा लिभरपुल २–० गोलले विजयी बन्यो ।

लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५२ औँ मिनेटमा थियागोले २५ यार्ड टाढाबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । यो सिजन थियागोको यो पहिलो थियो । ७० औँ मिनेटमा मोहमद शलाहले अर्को गोल थप्दै लिरभपुलको जीत सुनिश्चित गरे । 

समूह बीमा रहेको लिभरपुले यसअघि नै प्रतियोगिताको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो । लिभरपुल १५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने पोर्टो ५ अंकसहित दोस्रो स्थानमा रहेको छ । उता, एसी मिलानले एथ्लेटिको म्याड्रिडलाई १–० गोलले हराउँदै अन्तिम १६ मा पुग्ने आशा कायम राखेको छ । मिलान र एथ्लेटिको दुवैको ४–४ अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप