बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लिङदेनलाई समर्थन गर्दै धवलशमशेरले भने, ‘अब नयाँ अनुहार चाहिएको छ’

बिहीबार, ०९ मङ्सिर २०७८, ११ : ४६
बिहीबार, ०९ मङ्सिर २०७८

राप्रपाका नेता धवलशमशेर राणाले अब पार्टीमा नयाँ अनुहार चाहिएको बताएका छन् । पार्टीको अध्यक्ष पदमा राजेन्द्र लिङदेनको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै राणाले अब महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्नेमा जिकिर गरेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राणाले भने, ‘अब नयाँ अनुहार चाहिएको छ । पार्टीको पुनर्स्थापना गर्ने पनि राजनीतिक माध्यमबाटै नै हो । त्यसको विकल्प छैन । नेतृत्वप्रति विश्वास नगरी राप्रपाले भोट पाउन सक्दैन । हामीले जनताले चाहेको गर्न सकेनौँ । हामीले दण्ड पायौँ । पाइरहेका छौँ । पछिल्लो २ वर्ष हामी बन्धन गरेका छौँ । हामी महाधिवेशनमा छौँ । अब महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न सक्नुपर्छ । अब व्यक्तिको मुख होइन पार्टी र देश हेर्नुपर्छ ।’

‘ मैले अगाडि आउने साथीहरूलाई साथ दिन्छु भन्दै आएको थिएँ । अहिले राजेन्द्र लिङदेन अगाडि आउनुभयो । उहाँलाई देशले नै माया गरेको छ । त्यसैले मैले उहाँलाई अध्यक्षका रूपमा अगाडि सार्ने घोषणा गरेको छ,’ उनले थपे ।

राणाले हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने पार्टीको एजेन्डा भएको पनि स्पष्ट पारे । उनले यो माटो सुहाउने एजेन्डा भएको जिकिर पनि गरे । ‘गएको निर्वाचनपछि हामी घायल भएका छौँ । अब यहाँबाट तल जाने ठाउँ छैन । अब हामी माथि उठ्नुपर्छ । हाम्रो पार्टी किन माथि उठ्न सकेन भनेर चिन्तन गरेका छौँ,’ उनले भने ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप