शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सोमालियाको राजधानीमा भएको विष्फोटमा परी कयौंको मृत्यु

बिहीबार, ०९ मङ्सिर २०७८, १४ : ०७
बिहीबार, ०९ मङ्सिर २०७८

सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान भएको विष्फोटमा परी कैयौं व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन् । सिन्ह्वासँग कुराकानी गर्दै (नाम नखुलाइकन) एक प्रहरी अधिकारीले  मोगादिसुको जंक्शन नजिकै भएको विष्फोटमा धेरै हताहत भएको बताएका छन्।

प्रहरीका अनुसार उक्त घटनामा विद्यार्थी सहित थुप्रै व्यक्ति हताहत भएको र घटनाको विस्तृत विवरण पछि दिइने जनाइएको छ ।   त्यसैगरी  प्रत्यक्षदर्शीहरुले होडान जिल्लामा ठूलो विष्फोटको आवाज सुनेको र केही भवनहरूमा क्षति पुगेको बताएका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप