ad

बालुवाटार नसुध्रिएसम्म देश सुध्रिदैँन : विश्वकान्त मैनाली

person explore access_timeमंसिर ९, २०७८ chat_bubble_outline0

नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले बालुवाटार नसुध्रिएसम्म देश नसुध्रने बताएका छन् । नेपाल बार एसोसिएसनको अग्रसरता नागरिक समाज र विभिन्न पेसागत संगठनले सुरु गर्न लागेको मार्चपासलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष मैनालीले यस्तो आरोप लगाएका हुन् ।


बिहीबार बार प्राङ्गणमा आयोजित सभालाई सम्बोधन गर्दै पूर्व अध्यक्ष मैनालीले बालुवाटार नै भ्रष्टाचारको केन्द्रविन्दु भएको समेत आरोप लगाए । उनले भने, ‘भ्रष्टाचारको केन्द्रविन्दु भनेकै बालुवाटार हो । यदि यो देशलाई सुधार गर्ने हो भने पहिले बालुवाटारको सुधार गर्नुपर्छ । त्यसकारण सर्वोच्च अदालतदेखि बालुवाटारसम्म गर्न लागिएको मार्चपास न्यायालय र देश सुधारको लागि हो ।’



न्यायपालिका सुधारका लागि बारले पवित्र उद्देश्यले आन्दोलन गरिरहेको भन्दै यस्तो आन्दोलन प्रशंसनीय रहेको समेत मैनालीले बताए । नागरिक समाज पनि यस्तो आन्दोलनमा सहभागी भएर ऐक्यबद्धता जनाउनु भनेको न्यायपालिका र देश सुधारको लागि प्रतिबद्ध रहेको समेत मैनाली बताए ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।