बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

निधिको चाहना : अगामी सरकार नेपाली काँग्रेसको एकमना सरकार

बिहीबार, ०९ मङ्सिर २०७८, १४ : ३१
बिहीबार, ०९ मङ्सिर २०७८

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदका लागि औपचारिकरुपमा उम्मेदवारी  घोषणा गरेका छन् । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै उनले १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुने निर्णय सबैसँग सल्लाह गरेर लिएको बताए । उनले काँग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी किन भनी भनेर २३ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक पनि गरे । 

कार्यक्रममा बोल्दै निधिले सभापतिमा आफ्नो उम्मेदवारीको ध्येय र आशय अगामी सरकार नेपाली काँग्रेसको एकमना (एकलौटी) बनाउनु रहेको जिकिर गरे । उनले अब बन्ने सरकार काँग्रेसको एकलौटी होस्  भन्ने आफू चाहेको बताए ।

यसपालिको महाधिवेशनमा पार्टीको नीति तथा कार्यक्रम एवं राजनीतिक दस्ताबेज प्रस्तुत नहुने बताउँदै उपसभापति निधिले १४ औँ महाधिवेशन निर्वाचन महाधिवेशन हुने जानकारी गराए । मङ्सिर २४ गते महाधिवेशनको उद्घाटन र मङ्सिर २५ निर्वाचन हुने जानकारी गराउँदै उनले निर्वाचनमा सभापति तथा पदाधिकारीले पार्टीको नीति तथा कार्यक्रम र राजनीतिक दस्तावेजहरू बनाएर अगाडि बढ्ने बताए । 

 

'बीपी कोइरालाको पालामा सभापतिको मात्र चुनाव हुन्थ्यो र उनले आफ्नो केन्द्रीय समिति चयन गरिसकेपछि मात्र महाधिवेशन हुन्थ्यो,' उनले भने, 'महाधिवेशनमा नीति तथा कार्यक्रम, राजनीतिक प्रस्ताव, पदाधिकारी चयनको कार्य सँगसँगै हुन्थ्यो । तर अहिले समय अभावका कारण त्यो सम्भव छैन । महाधिवेशनको उद्घाटनपछि पदाधिकारी चयनका लागि सिधै चुनावमा जाने कार्ययोजना रहेको छ ।’

पुस ३ गतेभित्र केन्द्रीय समितिको नामसहितको प्रतिवेदन प्रस्तुत गरिसक्नुपर्छ । यसपालि निर्वाचन हुन्छ । जो निर्वाचित हुन्छ, त्यसले आफ्नो भावी कार्यक्रम अगाडि बढाउँछन् । नीति तथा कार्यक्रम र भावी कार्ययोजनासहित अगाडि बढ्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप