बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महाधिवेशन उद्घाटनसत्रमा माओवादी केन्द्र र नेमकिपा सहभागी हुने अनिश्चित : भट्टराई

बिहीबार, ०९ मङ्सिर २०७८, १५ : ०४
बिहीबार, ०९ मङ्सिर २०७८

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएर शुभकामना मन्तव्य दिनका लागि संसदमा प्रतिनिधित्व गर्ने विभिन्न सात राजनीतिक दललाई निम्त्याइएको भए पनि दुई राजनीतिक दलको सहभागिता अनिश्चित भएको छ । एमालेको विदेश मामिला विभागले जनाएअनुसार उद्घाटनसत्रमा नेकपा माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टीको सहभागिता अनिश्चित बनेको हो ।

विभागका प्रमुख डा. राजन भट्टराईले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नेकपा माओवादी केन्द्र र नेमकिपाबाहेक पाँच राजनीतिक दलले उद्घाटनसत्रमा शुभकामना मन्तव्य दिन उपस्थित हुने जानकारी दिएका छन् । उनका अनुसार विदेशी पाहुनाहरुमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका नेताहरु भौतिक रुपमै उपस्थित भएर शुभकामना दिने छन् । यस अतिरिक्त करिब २५ देशबाट महाधिवेशन सफलताका लागि शुभकामना सन्देश प्राप्त भएको पनि उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप