शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एडीबीले नेपाललाई ७ अर्ब ८ करोड ऋण सहायता दिने

बिहीबार, ०९ मङ्सिर २०७८, १६ : ०२
बिहीबार, ०९ मङ्सिर २०७८

एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई ७ अर्ब ८ करोड रुपैयाँ ऋण सहायता दिने भएको छ । बैंकले इलेक्ट्रिसिटी ग्रीड मोडर्नलाइजेसन प्रोजेक्ट (ईजीएमपी) का लागि नेपाल सरकारलाई ६० मिलेनियन अमेरिकी डलर अर्थात् ७ अर्ब ८ करोड नेपाली रुपैयाँ थप ऋण सहायता दिने भएको हो ।

ऋण सहायता सम्बन्धि भोलि शुक्रबार, मंसिर १० गते अर्थसचिव मधुकुमार मरासिनी  र एडीबीका लागि नेपाल मिसन प्रमुख अरनदा काउचोसीबीच सम्झौता हुँदैछ । उक्त सम्झौतामा यता नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको समेत सहभागिता रहने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप