बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धितोपत्र बोर्डको अध्यक्ष पदमा दोस्रो आवेदन आह्वान गर्ने तयारीमा सरकार

बिहीबार, ०९ मङ्सिर २०७८, १६ : २३
बिहीबार, ०९ मङ्सिर २०७८

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नका लागि दोस्रोपटक सिफरिस समिति बनाउने भएको छ । यसअघि बनाएको समिति विवादित बनेपछि सरकारले दोस्रोपटक समिति बनाउने भएको हो ।

अध्यक्ष छनौट सिफारिस समिति संयोजक तथा योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल थिए । यसअघिको आवेदन विवादित बनेपछि फेरि आवेदन दिनुपर्ने भएको छ ।

यसअघि ११ जनाले बोर्डको अध्यक्ष बन्न आवेदन दिएका थिए । आवेदन दिएकामध्ये केही आवेदकले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर छनौट समितिमाथि कानूनी प्रश्न उठ्न सक्ने भन्दै सचेत गराएका थिए । यसपटक भने मन्त्रिपरिषद्को बैठकले नै छनौट समिति गठन गर्ने बताइएको छ । समिति बनेपछि बोर्डको अध्यक्ष पदका लागि दोस्रोपटक आवेदन खुल्ने छ र इच्छुकले फेरि आवेदन दिनुपर्ने छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप