शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महिला हिंसाका घटनाले राष्ट्रको पहिचान बिगार्ने त्रास भयो: मन्त्री रेग्मी

बिहीबार, ०९ मङ्सिर २०७८, १७ : ५५
बिहीबार, ०९ मङ्सिर २०७८

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले लैङ्गिक हिंसाका घटनाले राष्ट्रको पहिचान बिगार्न सक्ने त्रास देखिएको बताएकी छन् । ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्य गरौँ’ भन्ने मूल नाराका साथ बिहीबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान राष्ट्रिय महिला आयोगले काठमाडौँ आयोजना गरेको कार्यक्रममा मन्त्रीले रेग्मीले महिला हिंसा घरबाटै सुरु भएकाले घरबाटै अन्त्य गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘महिला हिंसाका घटनाले मुलुक इज्जतमा आँच पुर्‍याएको छ,अब नेपाल महिलामाथि हिंसा गर्ने राष्ट्रका रूपमा पहिचान हुन्छ की भन्ने त्रास हामी छौँ ।’ महिलामाथि हुने हिंसामध्ये घरेलु हिंसा दिनप्रतिदिन बढ्दै गएको उनले बताइन नेपालका ४५ प्रतिशत महिलामाथि घरभित्रै हिंसामा परेको उनले सुनाइन् ।

महिला हिंसाविरुद्धको कानुन व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन नभएको  पनि मन्त्री रेग्मीले जिकिर गरिन् । ‘महिलासम्बन्धी कानुन कार्यान्वयन गराउन महिला मन्त्रालय राष्ट्रिय महिला आयोग मात्रै अघि बढेर हुँदैन,’ उनले भनिन्, ‘सबै मन्त्रालयसँग समन्वय नै गर्नै छ ।’

 आज पहिलो दिन लैङ्गिक हिंसाविरुद्धको साझा प्रतिबद्धतामा हस्ताक्षर कार्यक्रम शुभारम्भमा आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई चाडका रूपमा देशव्यापी मनाउने बताइन् । महिला आयोग ३६५ दिन नै महिलाका विषयमा केन्द्रित भएको उनको ठहर थियो । '१६ यसलाई अभियानलाई विशेष रूपमा प्रदेशमा जिल्लामा आयोगमा उपस्थितिमा लैङ्गिक हिंसाका विषयमा पैरवी गर्छौँ,' उनले भनिन् । लैङ्गिक विभेदका विरुद्धको अझै बढी स्थानीय जनप्रतिनिधि उत्तरदायी हुनुपर्ने उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप