बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नारायणी किनारमा नेता कार्यकर्ताको सेल्फी (फोटोफिचर)

शुक्रबार, १० मङ्सिर २०७८, १० : २१
शुक्रबार, १० मङ्सिर २०७८

चितवन । नेकपा एमालेको महाधिवेशन स्थल नारायणी किनारामा सेल्फी खिच्नेको आकर्षण देखिएको छ । शुक्रबार बिहानैदेखि बाहिरी जिल्लाबाट महाधिवेशनमा सहभागी हुन आएका एमाले नेता कार्यकर्ताहरू अवसरको सदुपयोग गर्दै नारायणी किनारमा सेल्फी खिचिरहेका देखिन्थे । टाढाटाढाबाट आएकाहरू कोही भने कार्यक्रम स्थल आसपासमा खाजा खादै गरेका देखिन्थे भने कोही आराम गरिरहेका थिए ।

शुक्रबार दिउँसो एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ । ५ लाखभन्दा बढीको जनसहभागितामा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्दैछन् । महाधिवेशनमा सहभागी हुन एमालेले देशभरबाट नेता कार्यकर्ता चितवनमा उतारेको छ । उनीहरू एमालेको झण्डासहित चितवन आइपुगेका हुन् । कार्यक्रम स्थल नारायणी किनारमा महाधिवेशनलाई व्यवस्थित बनाउन एमालेका ५ हजारभन्दा बढी स्वयंसेवक खटिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप