शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले तीन महिनामा १ खर्ब ८५ अर्ब रुपैयाँ रिपोमार्फत बजार पठायो

शुक्रबार, १० मङ्सिर २०७८, ११ : ३४
शुक्रबार, १० मङ्सिर २०७८

बढ्दो तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले तीन महिनामा १ खर्ब ८५ अर्ब बढी रिपोमार्फत बजारमा पैसा पठाएको छ ।  शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै बैंकले तीन महिनामा कुल १ खर्ब ८५ अर्ब ५० करोड रुपैयाँ रिपो जारी गरेको बताएको हो । 

यस्तै, सोही अवधिमा स्थायी तरलता सुविधामार्फत ८ खर्ब २२ अर्ब ६८ करोड गरी कुल रु. १० खर्ब ८ अर्ब १७ करोड तरलता प्रवाह गरिएको बैंकले जनाएको छ । समीक्षा अवधिमा निक्षेप संकलन उपकरणमार्फत् ३१ अर्ब ६५ करोड र रिभर्स रिपोमार्फत् २८ अर्ब ३५ करोड गरी कुल ६० अर्ब तरलता प्रशोचन गरिएको समेत बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् ६० अर्ब तरलता प्रशोचन गरिएको थियो । 

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर २४ करोड ७६ लाख खुद खरिद गरी २९ अर्ब ७३ करोड तरलता प्रवाह गरेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २४ करोड खुद खरिद गरी १ खर्ब ४७ अर्ब ४३ करोड तरलता प्रवाह गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप