शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वरिष्ठ पत्रकार शाहको नेतृत्वमा अटो पत्रकार संघ (जाम) घोषणा

शुक्रबार, १० मङ्सिर २०७८, १३ : २६
शुक्रबार, १० मङ्सिर २०७८

अटो पत्रकार संघ (जाम) को घोषणा भएको छ । वरिष्ठ पत्रकार एवम् सञ्चार गृह व्यवसायी उज्जवलजंग शाहको नेतृत्वमा बिहीबार राजधानीमा ११ सदस्यीय ‘जर्नालिस्ट एसोसिएसन फर अटोमोबाइल एण्ड मोविलिटी (जाम) को घोषणा भएको हो । 
जामको उपाध्यक्षमा पत्रकार सुरेन्द्र पौडेल चयन भएका छन् भने, महासचिवमा सागर गजुरेल, सचिवमा तोयानाथ पौडेल र कोषाध्यक्षमा रोशनकुमार श्रेष्ठ चयन भएका छन् ।  संघको अन्य केन्द्रीय सदस्यहरूमा प्रयास श्रेष्ठ, सौरभ नेपाल, रामकृष्ण न्यौपाने (शक्ति), वसन्त अर्याल, युवराज बस्नेत, उज्ज्वल घिमिरे चयन भएका छन् । नवगठित जामका सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मत चयन भएका हुन् । 

सोही दिन नवगठित जामका पदाधिकारीहरूलाई नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले स्वागत गरेको छ ।  होटल सोल्टीमा आयोजित कार्यक्रममा जामका नवनियुक्त पदाधिकारीहरूलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले खादा लगाएर सम्मान गर्दै स्वागत गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नाडाका अध्यक्ष दुलालले बृहत्तर अटोमोबाइल क्षेत्रको अहिलेको आवश्यकता अटोमोबाइल व्यवसायी, सरकार र उपभोक्ताका बीचमा रहेर सेतुको काम गर्ने असल पत्रकारको खाँचो रहेको र त्यो अभाव अब जामले पुरा गर्ने विश्वास व्यक्त गरे । 

सोही अवसरमा जामका तर्फबाट बोल्दै अध्यक्ष उज्ज्वलजंग शाहले नाडासँग मिलेर जामले सडक सुरक्षा, आयात निर्यात र अटोमोबाइल क्षेत्रको यावत् ज्ञान र सरोकारका मुद्दाहरु जनमासमा पुर्याउन चाहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप