अब आईएमई पे मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक पाइने
शुक्रबारदेखि आईएमई पे क्यासब्याक अफर सार्वजनिक भएको छ । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ को सेवाग्राही केन्द्रीत २० प्रतिशत क्यास ब्याक योजना मङ्सिर १० गतेदेखि सार्वजनिक भएको हो ।
यस योजना अन्तर्गत आईएमई पे सेवाग्राहीहरूले नेपाल भरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक अफर पाउनेछन् । उक्त योजना सार्वजनिक गरिएको अवसरमा आईएमई पे का प्रमुख कार्यकारी अधिकृत श्री विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पूर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीहरूले क्यासब्याक मार्फत भरपुर फाइदा उठाउन सक्ने खुसीयाली व्यक्त गरेका छन् । उक्त अफरमा आईएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरू भाग लिन पाउनेछन् । यो एक पटकको वैध योजना हो, जसको अर्थ प्रति प्रयोग १ क्यास ब्याक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा
-
आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार