ad
x

नेपाल प्रहरीमा २ हजार ३ सय २० जनाका लागि रोजगारीको अवसर

person explore access_timeमंसिर १०, २०७८ chat_bubble_outline0

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ ।


प्रहरी निरीक्षक (जनपद) पदका लागि १ सय ४६ जना, प्रहरी जवान (जनपद) पदका लागि १ हजार ९ सय ७१ जना र प्रहरी कार्यालय सहयोगीमा २ सय ३ जना गरी जम्मा २ हजार ३ सय २० जनाका लागि हाल दरखास्त आव्हान गरिएको हो ।



प्रहरी निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरू काठमाडौँ, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगन्ज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम लिन र बुझाउन सकिने छ ।



नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले मङ्सिर १९ गतेदेखि पुस २३ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X