
महिन्द्राको सव–डिलर अब स्याङ्जा र बाग्लुङमा पनि

महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजुले स्याङ्जा र बाग्लुङमा पनि शाखा डिलर खुल्ला गरेको छ । कम्पनीले पुतलीबजार नगरपालिका – १ घुम्ती, स्याङ्जामा मंसिर ६ गते र गलकोट, बाग्लुङमा मंसिर ७, शाखा डिलर खोलेको हो ।
स्याङ्जामा रहेको ऊँ नम शिवाय सर्भिसिङ्ग सेन्टरको उद्घाटन प्रमुख अतिथि उघोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र गलकोट, बाग्लुङको सव डिलरको उद्घाटन नगरपालिकाका प्रशासकीय अधिकृत श्री तुलबहादुर विकले गरेका हुन् ।
‘नेटवर्क विस्तार गर्ने तथा धेरैभन्दा धेरै सेवाग्राहीहरु माझ उत्कृष्ट र सहज सेवाको पहुँच बढाउने योजनाअनुसार यी थप दुई स्थानमा सब–डिलरहरु सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ