बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणी किनारमा मानवसागर : फर्कनै सकस (२५ तस्बिर/भिडियो)

शुक्रबार, १० मङ्सिर २०७८, १७ : ४४
शुक्रबार, १० मङ्सिर २०७८

गणेश दुलाल

चितवन । नारायणी नदी किनारमा एमालेको महाधिवेशन उद्घाटन सत्र सकेर फर्किन सर्वसाधारणलाई सकस परेको छ । कार्यक्रम सकिनै लाग्दा महाधिवेशनमा सहभागि नेता कार्यकर्ताहरू कार्यक्रम स्थलबाट एकैपटक बाहिरिन खोज्दा अत्यधिक भिड् बढ्नुको साथै पेलामपेल र ठेलमठेल भएको दृश्य देखिन्थ्यो ।

कार्यक्रम स्थलबाट बाहिरिने मानिसहरूको भिडका कारण पूर्व पश्चिम राजमार्गको नारायणी पुल, पुलचोक आसपास लगायतका स्थानमा सवारी जाम भएको थियो । भिडका कारण राजमार्गमा एम्बुलेन्ससमेत रोकिनु परेको थियो । कार्यक्रमका लागि विभिन्न जिल्लाबाट आएका सवारीसाधन रोकिएको स्थानसम्म पुग्न जाने क्रममा भिड बढेको हो ।

स्थानीय प्रशासनले महाधिवेशनलाई लक्षित गर्दै सहभागीहरू सवार गाडीहरूलाई निश्चित क्षेत्रमा पार्किङको व्यवस्था गरेको थियो । प्रशासनले पश्चिम क्षेत्रबाट आएका सवारीलाई गैडाकोटतर्फको नारायणी नदी किनारमा, पूर्वबाट आएका सवारीहरूलाई पारस बसपार्क क्षेत्रमा र काठमाडौँबाट आएकालाई आपटारी क्षेत्रमा पार्किङ अनुमति दिएको थियो ।

तस्बिर : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप