नारायणी किनारमा मानवसागर : फर्कनै सकस (२५ तस्बिर/भिडियो)
गणेश दुलाल
चितवन । नारायणी नदी किनारमा एमालेको महाधिवेशन उद्घाटन सत्र सकेर फर्किन सर्वसाधारणलाई सकस परेको छ । कार्यक्रम सकिनै लाग्दा महाधिवेशनमा सहभागि नेता कार्यकर्ताहरू कार्यक्रम स्थलबाट एकैपटक बाहिरिन खोज्दा अत्यधिक भिड् बढ्नुको साथै पेलामपेल र ठेलमठेल भएको दृश्य देखिन्थ्यो ।
कार्यक्रम स्थलबाट बाहिरिने मानिसहरूको भिडका कारण पूर्व पश्चिम राजमार्गको नारायणी पुल, पुलचोक आसपास लगायतका स्थानमा सवारी जाम भएको थियो । भिडका कारण राजमार्गमा एम्बुलेन्ससमेत रोकिनु परेको थियो । कार्यक्रमका लागि विभिन्न जिल्लाबाट आएका सवारीसाधन रोकिएको स्थानसम्म पुग्न जाने क्रममा भिड बढेको हो ।
स्थानीय प्रशासनले महाधिवेशनलाई लक्षित गर्दै सहभागीहरू सवार गाडीहरूलाई निश्चित क्षेत्रमा पार्किङको व्यवस्था गरेको थियो । प्रशासनले पश्चिम क्षेत्रबाट आएका सवारीलाई गैडाकोटतर्फको नारायणी नदी किनारमा, पूर्वबाट आएका सवारीहरूलाई पारस बसपार्क क्षेत्रमा र काठमाडौँबाट आएकालाई आपटारी क्षेत्रमा पार्किङ अनुमति दिएको थियो ।
























तस्बिर : सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण