
केएमसीको शिविरबाट धुलिखेलका १३ सय बिरामी लाभान्वित

काभ्रेको धुलिखेलमा काठमाडौँ मेडिकल कलेजले शुक्रबार गरेको निःशुल्क स्वास्थ्य शिविरमा १३ सय बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । धुलिखेल नगरपालिका ८ नं.वडा कार्यालय, सारथी फाउण्डेशन र सारथी बहुउद्देश्यीय सहकारी संस्थासँग सहकार्य गरेर केएमसीले धुलिखेल–८ बडालगाउँस्थित विनायक वाल निम्न माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो ।
शिविरमा २१३ जनाको भिडियो एक्सरे, २०९ जनाको ल्याब टेस्ट र १९१ जनाको इसीजीसहित १ हजार ३ सय ६५ बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा हाडजोर्नी तथा नसा, दाँत, आँखा, प्रसूति तथा स्त्री, छाला तथा यौन, बाल, नाक, कान, घाँटी लगायत समस्याका बिरामीहरू उपचारका लागि आएका थिए ।
यसअघि केएमसीले काठमाडौँसहित ललितपुर, भक्तपुर, धादिङ लगायत जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको हो । स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसीले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ