बिहीबार, १० फागुन २०८०
ताजा लोकप्रिय

तस्बिरहरु हेर्नुहोस् एमाले बन्दसत्रको चहलपहल

शनिबार, ११ मङ्सिर २०७८, ११ : ०८
शनिबार, ११ मङ्सिर २०७८

 

नेकपा एमालेको दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए पनि ११ बज्दासम्म बन्द सत्र सुरु हुन सकेको छैन । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ । बन्दसत्र स्थलमा यतिबेला महाधिवेशन प्रतिनिधिहरुको भीड लागेको छ । हेरौँ बैठक स्थलका तस्बिरहरु : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप