शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘खल्ती’लाई स्टार्टअप सक्सेस अवार्ड

शनिबार, ११ मङ्सिर २०७८, १५ : ३८
शनिबार, ११ मङ्सिर २०७८

न्यू बिजनेस एजले आयोजना गरेको ‘न्यू बिज स्टार्टअप समिट एण्ड अवार्ड २०२१’ मा खल्ती स्टार्टअप सक्सेस अवार्डबाट सम्मानित बनेको छ । स्थापनाको पाँच वर्षको अवधिमा कम्पनी स्टार्टअप सक्से अवार्डबाट सम्मानित बनेको हो । 
पाँच वर्षको यात्रामा खल्ती स्टार्टअपबाट एक सफल कर्पोरेट हाउस बनेको कम्पनीको दाबी छ । हाल कम्पनीमा २३० जनाले रोजगारी पाएका छन् भने करिब २० लाख प्रयोगकर्ता रहेको कम्पनीको दाबी छ ।

सम्मानित बनेपछि प्रमुख कार्यकारी अधिकृत विनय खड्काले सम्मानका लागि योग्य बनाउन भूमिका खेल्ने खल्ती परिवार, साझेदार, नेपाल राष्ट्र बैंक, व्यवसायी, एजेन्ट र प्रयोगकर्तालाई धन्यवाद दिए । उनले हरेक नेपालीले सहजताका साथ आर्थिक कारोबार गर्ने व्यवस्था मिलाउन कम्पनी अहोरात्र खटिरहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप