शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की काँग्रेसले तोक्यो मतदानस्थल

शनिबार, ११ मङ्सिर २०७८, १८ : २३
शनिबार, ११ मङ्सिर २०७८

पोखरा । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । सोमबार बसेको कास्की काँग्रेसका पदाधिकारी, क्षेत्र र प्रदेशसभाका सभापतिहरूसँगको संयुक्त बैठकले मतदानस्थल तोकिएको कास्कीका निर्वाचन अधिकृतका रामचन्द्र पौडेल बताए ।

उनका अनुसार मङ्सिर ६ गते हुने कास्की क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनको मतदानका लागि तालचोकस्थित सुभम पार्टी प्यालेस, मङ्सिर ३ गते हुने १ (क) को मतदानका लागि सोही सुभम पार्टी प्यालेस र १ (ख) को मतदानका लागि माटेपानीस्थित एसआर केसी क्याटरिङमा तोकेको छ ।

त्यस्तै, क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनको मतदान नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ ।२ (क) को पोखरा विरौटा र २ (ख) को पोखरा चिप्लेढुङ्गामा रहेको पार्टी कार्यालयलाई मतदानस्थल तोकिएको छ ।

क्षेत्र नं ३ को अधिवेशनको मतदानस्थल हेमजास्थित पार्टी कार्यालयलाई तोकिएको छ । ३ (क) को लागि हेमजास्थित पार्टी कार्यालय र ३ (ख) को लागि नागडाडाँस्थित पार्टी कार्यालयलाई तोकिएको छ । मङ्सिर १० गते हुने जिल्ला अधिवेशनको मतदान पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने छ ।

बैठकले जिल्ला, क्षेत्र र प्रदेश सभा अधिवेशनको अघिल्लो दिन उम्मेदवार मनोनयन दर्ता गर्ने निर्णय गरेको छ । मङ्सिर ३ गते हुने प्रदेश सभा अधिवेशनका लागि २ गते, ६ गते हुने क्षेत्रीय अधिवेशनका लागि ५ गते र १० गतेको जिल्ला अधिवेशनका लागि ९ गते उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप