शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

छोरी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

शनिबार, ११ मङ्सिर २०७८, १९ : ३३
शनिबार, ११ मङ्सिर २०७८

दैलेखमा छोरी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पीडित किशोरीकी आमाले जिल्ला प्रहरी कार्यलय दैलेखमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।  पीडित किशोरीकी आमाले गत बिहीबार जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा दैलेख प्रहरीले पक्राउ गरी ती पुरुषलाई जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान सुरु भएको दैलेख प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उक्त पुरुषले नाबालिका छोरीलाई विगत ३ वर्षदेखि पटक–पटक फकाई, डरत्रास देखाई र प्रलोभनमा पारी जबरजस्ती यौन हिंसा गर्ने गरेको पाइएको छ । बाबुबाट यौन हिंसाको शिकार भएकी ती बालिका ‘डिप्रेशन’को शिकार भएको समेत प्रहरीले जनाएको छ ।

यता, सुर्खेत प्रहरीले बहुविवाह मुद्दामा फरार एक  प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । पश्चिम बराहताल गाउँपालिका –१० बस्ने बर्ष ३० की लक्ष्मी सारुमगरलाई पक्राउ गरिएको हो । उनलाई सुर्खेत जिल्ला अदालतको फैसला आदेश अनुसार रु. एक हजार जरिवाना, १ वर्ष  ६ महिना कैद सजाय भुक्तानको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप