सोल्टीमोडबाट सुन कछुवासहित ४ जना पक्राउ
शनिबार, ११ मङ्सिर २०७८, २० : २९
सोल्टीमोडबाट सुन कछुवासहित ४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले बिक्रि वितरण गर्न लागेको अवस्थामा जिउँदो सुन कछुवासहित ४ जनालाई पक्राउ गरेको हो । जिउँदो सुन कछुवाको बिक्री वितरण हुन लागेको सूचनाका आधारमा पुगेको प्रहरीले काठमाडौंको सोल्टीमोडबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रानीबारी काठमाडौंका ४२ वर्षीय हरि परियार, बुढानिलकण्ठका ३३ वर्षीय राजकुमार तामाङ, बालाजुका २२ वर्षीय प्रभास खाती र सञ्जय तामाङ रहेका छन् । उनीहरूको साथबाट नगद ३६ हजार पनि बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूले महङ्गो मूल्यमा उक्त सुन कछुवा बेच्न लागेको स्वीकार गरेका छन् । पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।