शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा नयाँ भेरियन्ट भेटिएपछि थप कडाइ, ‘प्लान बी’ लागू हुनसक्ने

आइतबार, १२ मङ्सिर २०७८, ०६ : ५४
आइतबार, १२ मङ्सिर २०७८

पछिल्लो समयमा थप घातक भनिएको नयाँ कोभिड भेरियन्ट ‘ओमिक्रोन’ बाट संक्रमित दुई व्यक्ति फेला परेपछि बेलायतमा थप कडाइ गरिने भएको छ । बेलायतको चेल्म्सफोर्ड, एसेक्स र नटिङ्घममा नयाँ केस फेला परेको  बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका थिए ।

नयाँ भाइरस नियन्त्रण गर्न  बेलायत सरकारले सोमबार बिहान ४ बजेबाट लागू हुने गरि १० ओटा मुलुकलाई रेड लिष्टमा राखेको छ । रेड लिष्ट अन्तर्गतका मुलुकबाट बेलायत आउँदा १० दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार पत्रकार सम्मेलन गर्दै भाइरसको संक्रमणलाई नियन्त्रण गर्न समयमा नै सतर्क रहनुपर्ने बताए । आर्को हप्ताबाट लागू हुनेगरी अन्य मुलुकबाट बेलायत आउने सबैलाई अबदेखि पिसिआर टेस्ट अनिवार्य हुने घोषणा गरेका छन् । जसअनुसार बेलायत भित्रिएको दोस्रो दिनमा अनिवार्य रुपमा पिसिआर टेस्ट गर्नुपर्नेछ भने उक्त टेस्टमा नेगेटिभ नतिजा नआउँदासम्म सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ । 

यसअघि खोपको पूर्ण मात्रा लगाएका यात्रुलाई पिसिआर टेस्टको ठाउँमा सस्तो र सहज ‘ल्याटरल फ्लो टेस्ट’ गरे पनि पुग्ने सुविधा थियो ।  

यसैगरी सार्वजनिक यातायातका साधन तथा पसलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गरिने पनि बताए । यसबारेमा विस्तृत जानकारी स्वास्थ्यमन्त्री साजिद जाविदले अर्कोसाता जानकारी गराउने छन् । उक्त नयाँ भाइरसको लागि खोप कत्तिको प्रभावकारी हुनेछ भन्ने एकिन भइनसकेपनि खोपको तेस्रो अर्थात बुष्टर डोज वितरणमा थप तीव्रता अपनाउने पनि प्रधानमन्त्रीले बताएका छन् ।

नयाँ भाइरसका कारण यसपाली पनि नजिकिंदै गरेको क्रिसमसमा लकडाउन हुन्छ कि भन्ने आशंका उत्पन्न भइरहेको बेला सन् २०२० को जस्तो नहुने आश्वाशन दिएका छन् । तर, संक्रमण नियन्त्रण भन्दा बाहिर गएमा थप कडाइ गर्दै सरकारले ‘प्लान बी’ लागू हुनसक्ने संकेत प्रधानमन्त्रीले गरेका छन् । प्लान बी अन्तर्गत के कस्ता प्रतिबन्ध गरिने भन्ने बारेमा उल्लेख नभएपनि यसले सामान्य जनजीवनमा केही हदसम्म असर पुर्याउनेछ ।

नयाँ भाइरसका कारण  बेलायत सरकारले  आउँदो सोमबार बिहान ४ बजेबाट लागू हुने गरि १० ओटा मुलुकलाई रेड लिष्टमा राखेको छ । रेड लिष्ट अन्तर्गतका मुलुकबाट बेलायत आउँदा १० दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।


 

 

((


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप