मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भिल्लारियालविरुद्ध बार्सिलोनाको संघर्षपूर्ण जीत

आइतबार, १२ मङ्सिर २०७८, ०८ : २५
आइतबार, १२ मङ्सिर २०७८

खेलको अन्त्यतिर गोल गर्दै बार्सिलोनाले भिल्लारियाललाई ३–१ गोलअन्तरले पराजित गरेको छ । शनिबार राति भएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो ।

फ्रयांकी डि योङले खेलको ४८ औँ मिनेटमा गोल गर्दै बार्सालाई अग्रता दिलाए । तर, ७६ औँ मिनेटमा सामुएल चुकवेजेले भिल्लारियालका लागि बराबरी गोल फकाए । बराबरीतर्फ खेल अघि बढिरहँदा मेम्फिस डिपायले ८८ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसपछि इन्जुरी समयमा फिलिपे काउटिन्होले पेनाल्टीमार्फत गोल गर्दै बार्सालाई जीत दिलाए ।

जीतपछि बार्सिलोना १४ अङ्कसहित लिगको सातौँ स्थानमा रहेको छ । भिल्लारियाल भने १६ अङ्कसहित लिगका १२ औँ स्थानमा छ । शनिबार नै भएका अन्य खेलमा भ्यालेन्सिया र रायो भायोकानो र मायोर्का र गेटाफेले बराबरी खेले । सेल्टाभिगोले आलाभेसलाई २–१ गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप