बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुलको गोल वर्षा, आर्सनल विजयी

आइतबार, १२ मङ्सिर २०७८, ०८ : ५२
आइतबार, १२ मङ्सिर २०७८

साउथह्याम्पटनमाथि शानदार जीत निकाल्दै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ । डिओगो जोटाले दुई गोल गरेपछि लिभरपुल ४–० गोलले विजयी बनेको हो । जोटाले खेलको दोस्रो मिनेटमा नै लिभरपुललाई अग्रता दिलाए भने ३२ औँ मिनेटमा अग्रता दोब्बर बनाए ।

३७ औँ मिनेटमा थियागोले लिभरपुलको अग्रता फराकिलो बनाए । दोस्रो हाफमा भर्जिल भान डाइकले टोलीको अग्रता फराकिले बनाए । योसँगै लिभरपुलले योर्गन क्लप आएपछि ७ सय गोल पुरा गरेको छ । त्यस्तै, सबै प्रतियोगितामा लगातार १७ खेलमा कम्तिमा २ गोल गर्ने सन् १९२७ मा सन्डरल्याण्डपछि पहिलो इंग्लिस टोली पनि बनेको छ । १३ खेलपछि लिभरपुलको २८ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको चेल्सीभन्दा लिभरपुल मात्र एक अङ्कले पछि रहेको छ । यद्यपि, चेल्सीले एक खेल कम खेलेको छ ।

उता, शनिबार नै भएको अर्को खेलमा आर्सनलले न्युक्यासललाई २–० गोलले हरायो । आर्सनलको जीतमा बुकायो साका र ग्याब्रियल मार्टिनेलीले १–१ गोल गरे । आर्सनल २३ अंकसहित लिगको पाँचौ स्थानमा रहेका छन् । न्युक्यासल भने लिगको पुछारमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप