बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नयाँ भेरियन्टबारे जानकारी दिँदा प्रशंसाको साटो सजाय दिइयो : दक्षिण अफ्रिका

आइतबार, १२ मङ्सिर २०७८, ०९ : ५८
आइतबार, १२ मङ्सिर २०७८

दक्षिण अफ्रिकाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबारे जानकारी दिँदा आफ्नो प्रशंसा गर्नुको साटो दण्ड दिएको भन्दै असन्तोष व्यक्त गरेको छ ।

दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले बयान जारी गर्दै अफ्रिकाले यो नयाँ भेरियन्टबारे संसारलाई सुचित गरेका कारण आफूमाथि जताततैबाट यात्रा प्रतिबन्ध लगाइएको जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको नयाँ भेरियन्टको विषयमा चिन्ता व्यक्त गरेको छ । उसले यसलाई प्राविधिक शब्दावलीमा ‘चिन्ताजनक भेरियन्ट’ (भेरियन्ट अफ कन्सर्न) बताउँदै यसलाई ‘ओमिक्रोन’ नाम दिएको छ ।

डब्ल्यूएचओले चेतावनी दिँदै यो निकै तीब्र गतिमा र अत्यधिक मात्रामा म्युटेन्ट हुने भेरियन्ट बताएको छ । यो भेरियन्टको थुप्रै म्युटेशनले चिन्ताजनक भएको डब्ल्यूएचओले बताएको छ । त्यसैले सुरुवाती प्रमाणको आधारमा डब्ल्यूएचओले यो म्युटेशनका कारण संक्रमणको खतरा बढेको बताएको छ ।

डब्ल्यूएचओलाई यो भेरियन्टको पहिलो मामिलाको जानकारी २४ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट पाएको थियो । यसबाहेक बोत्सवाना, बेल्जियम, हङकङ र इजराइलमा पनि यो भेरियन्टको पहिचान भएको छ ।

अफ्रिकापछि अब युरोपमा पनि यो भेरियन्टका थुप्रै संक्रमित भेटिएका छन् । बेलायतमा दुई, जर्मनमा दुई, बेल्जियममा एक, इटलीमा एक र चेक गणराज्यमा पनि यो भेरियन्टका संदिग्धको पहिचान भएको छ ।

इजराइलमा पनि यो नयाँ भेरियन्ट पुष्टि भएको छ । तत्पश्चात् इजराइलले आइतबार मध्य रातदेखि सबै विदेशीलाई देशमा भित्रिन प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

टाइम्स अफ इजराइलका अनुसार सुरक्षा उपाय अन्तर्गत अपनाइएको यो प्रतिबन्ध १४ दिनसम्म लागू हुनेछ । बोत्सवाना, हङकङ र इजराइलमा पनि ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

दक्षिण् आफ्रिकाको विदेश मन्त्रालयको शनिबारको एक बयानमा यात्रा प्रतिबन्धको कडा आलोचना गरियो ।

दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले विज्ञानको यति सराहनीय प्रयासलाई (ओमिक्रोन भेरियन्टको पहिचानको सम्बन्धमा) प्रशंसा गर्नुपर्छ, दण्डित होइन ।

बयानमा भनिएको छ, ‘अफ्रिकामा नयाँ भेरियन्ट भेटिएकोमा जस्तो प्रतिक्रिया दिइएको छ त्यो संसारका अन्य हिस्सामा जब कुनै नयाँ भेरियन्ट भेटिए, त्योभन्दा निकै भिन्न छ ।’

अफ्रिकी संघका एक अधिकारीले बीबीसीलाई दिएको जानकारीमा यो नयाँ भेरियन्टका लागि विकसित देशलाई दोषी ठहराइएको थियो ।

एयू भ्याक्सिन डेलिभरी एलायन्सका सह–अध्यक्ष अयोदे अलकिजाले भने, ‘अहिले जे भइरहेको छ, त्यो संसारमा एक समान खोप नभएको परिणाम हो । यो संसारको धनी देशको खोपलाई जम्मा गर्नुको नतिजा हो र यो कुनै पनि हालतमा स्वीकार्य छैन ।’

उनले यो यात्रा प्रतिबन्ध विज्ञानबाट नभई राजनीतिबाट प्रेरित भएको बताएका छन् । उनले भने, ‘यो गलत हो... अफ्रिकालाई प्रतिबन्धित किन गरिँदै छ जबकी यो भाइरल पहिला नै तीन महाद्वीपमा छन ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप