शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डलरको भाउ १२० रुपैयाँ नजिक, अन्य देशको मुद्राको विनिमयदर के छ ?

आइतबार, १२ मङ्सिर २०७८, १२ : ०६
आइतबार, १२ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एक खरिददर अधिकतम ११९ रुपैयाँ ५० रुपैयाँ पुगेको छ भने बिक्रीदर १२० रुपैयाँ १० पैसा पुगेको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३५ रुपैयाँ २७ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ १० पैसा र बिक्रीदर १५९ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५९ पैसा रहेको छ भन अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २२ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६४ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ ७० पैसा रहेको छ भने विक्रीदर ९४ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४७ पैसा र विक्रीदर १० रुपैयाँ ५२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७० पैसा र विक्रीदर १८ रुपैयाँ ८० पैसा रहेको बैंकले जनाएको छ । 
यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ८५ पैसा र विक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप