शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिको साइड इफेक्ट, आजको सेयर बजार के होला ?

आइतबार, १२ मङ्सिर २०७८, १२ : ५६
आइतबार, १२ मङ्सिर २०७८

आज सेयर बजार परिसूचक (नेप्से) तर्फ सबैको ध्यान गएको छ । अघिल्लो साताको अन्तिम दिन अर्थात् गत शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेसँगै आज आम लगानीकर्ताहरूको ध्यान सेयर बजारले तानेको हो ।

मौद्रिक नीतिको समीक्षा, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो (कर्जा/निक्षेप अनुपात)सँगै सेयर धितो (मार्जिन ल्यान्डिङ) को ४/१२ को सीमा परिमार्जन गर्ने आम लगानीकर्ताहरूको अपेक्षा थियो । तर, राष्ट्र बैंकले यसअघिको मौद्रिक नीतिको सो व्यवस्था परिमार्जन गरिदिएन । अर्थात् नत राष्ट्र बैंकले ९० प्रतिशतको सीडी रेसियोको नीति परिमार्जन गरिदियो नत सेयर धितो कर्जाको  ४/१२ को सीमा नै हटाइदियो । यसले सेयर बजारमा ठुलो प्रभाव पारेको छ । यसैको साइड इफेक्ट आज ठुलो अङ्कले बजार घट्ने र आम सेयर लगानीकर्ता प्यानिकको अवस्थामा पुग्ने विश्लेषण गरिएको छ । 

के होला त आजको सेयर बजार ?

आइतबारको सेयर बजार प्रिओपनिङ्गमै ऋणात्मक (माइनस) बाट सुरु भएको छ । करिब साढे १२ बजेसम्म आइपुग्दा झण्डै ६० अङ्कले नै नेप्से सूचक घटिसकेको छ । यो समाचार तयार पार्दासम्म नेप्से सूचक ५७.५८ अङ्कले घटेर २६ सय ७४.२० विन्दुमा झरिसकेको छ । 

अझ यस्तो घट्दो क्रम जारी छ । आज सबैजसो उपसूचकहरू ऋणात्मक छन् । हालसम्म २.११ प्रतिशतले मात्र घटेको बजार अन्तिम आवरसम्म आइपुग्दा करिब एक सय अंकसम्मले घट्न सक्ने सेयर विश्लेषकहरूले बताउन थालेका छन् । गत हप्ताको अन्तिम कारोबार दिन, बिहीबार नेप्से परिसूचक ३.२२ अङ्कले घट्दै २७ सय ३१.७८ विन्दुमा झरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप