मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तिलोत्तमा नगरपालिकामा ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण

आइतबार, १२ मङ्सिर २०७८, १६ : ०४
आइतबार, १२ मङ्सिर २०७८

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि समेत प्रदान गर्ने अभियान सुरु गरेको छ ।

ज्येष्ठ नागरिकलाई आधारभूत स्तरको स्वास्थ्य सेवा सहज रुपमा पुर्‍याउने नीतिअनुसार नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । स्वास्थ्यलाई केन्द्रमा राखेर यो कार्यक्रम १७ वटै वडामा संचालन गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिएका छन् ।

कार्यक्रमअनुसार हरेक वडामा दुई–दुई स्वास्थ्यकर्मीले नागरिकको घरदैलोमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, परामर्श सेवा प्रदान गरेका छन् । सामान्य स्वास्थ्य समस्या भएकाहरुलाई निःशुल्क औषधि दिइने र स्वास्थ्य समस्या जटिलउन्मुख भए आवश्यकताअनुसार अस्पताल पठाइएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।

नगरपालिकाले विभिन्न ११ वटा औषधि र मधुमेह परीक्षणको समेत निःशुल्क व्यवस्था गरेको छ । प्रयोगशाला परीक्षण आवश्यक भए ज्येष्ठ नागरिकलाई प्रयोगशालामा समेत पठाइने जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए। उक्त नगरमा ७० वर्षमाथि झण्डै चार हजार आठ सय ज्येष्ठ नागरिक छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप