शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविता सङ्ग्रह "आकाशगङ्गाको किनार" विमोचित

आइतबार, १२ मङ्सिर २०७८, १८ : ५९
आइतबार, १२ मङ्सिर २०७८

कवि एवम् लेखक अजित उत्सवको कविता सङ्ग्रह "आकाशगङ्गाको किनार" को हिजो पोखरामा एक कार्यक्रमका बीच विमोचन सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ र अन्य अतिथिले संयुक्त रूपमा कविता सङ्ग्रहको विमोचन गरेको हो । 

विमोचित पुस्तकको समीक्षा युवा कवि तथा समालोचक सञ्जीव पौडेलले गरेका थिए भने उपप्राध्यापक परशुराम कोइरालाले कवि अजित उत्सवको जीवनी र व्यक्तित्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा लघुकथा समाज प्रदेश नम्बर १ कि अध्यक्ष ममता मृदुल, पोखरेली युवा साहित्यकार दीपक समीप, चर्चित गजलकार आवाज शर्मा, चर्चित कवि शिव त्रिपाठी, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेल, शुभ प्रभात साहित्य पुञ्जकी अध्यक्ष मनु शर्मालगायत चार दर्जन बढी साहित्यकारको उपस्थिति रहेको थियो । युवा कवि रोशन तिमिल्सिनाले विमोचित कविता सङ्ग्रहभित्रको कविता वाचन गरेका थिए । 

बिएन पुस्तक संसार काठमाडौँले प्रकाशनमा ल्याएको कवि अजित उत्सवको यस कविता सङ्ग्रहमा जम्मा ५६ वटा कविता सङ्गृहीत छन् । बिक्री मूल्य २ सय पचास रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप