शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली जनसम्पर्क समिति यूकेमा चारजना सभापति, तोकिए १४ जना महाधिवेशन प्रतिनिधि

आइतबार, १२ मङ्सिर २०७८, १९ : ०७
आइतबार, १२ मङ्सिर २०७८

नेपाली काँग्रेसको प्रवासस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति (एनपीसीसी) यूकेमा  चारजना सभापतिमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनले सभापति प्रत्यासीलाई चक्रीय प्रणाली अन्तर्गत एक एक वर्ष कार्यकाल निर्धारित गरिएको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारहरूको सहमतिमा निवर्तमान सभापति युवराज गुरुङ पहिलो एक वर्ष, महेशकुमार दाहाल दोस्रो वर्ष, कोपिला वनेम लिम्बु तेस्रो वर्ष र युवराज सिंह चौथो वर्ष सभापति हुने गरी निर्वाचित गरेको हो।

अधिवेशनले विधान संशोधन गरी एक कार्यकालका लागि मात्र यस्तो सहमति गरेको भण्डारीले बताए । विधान समितिका संयोजक शिवजी श्रेष्ठ एवं सदस्यहरू सुरज केसी र राष्ट्र राईले कार्यसमितिमा सङ्ख्या थप सम्बन्धमा प्रस्ताव लगेर विधान अनुमोदन गराएका थिए ।

अधिवेशनबाट रितेशराज पाण्डे वरिष्ठ उपसभापति चयन भएका छन् भने उपसभापतिमा ५ जना रिचर्ड गुरुङ, नवराज कार्की, प्रवेश केसी, राज सिटौला र सुवास राई चुनिए । यसअघि  सभापति पदमै उम्मेदवारी घोषणा गरेका रिचर्ड गुरुङ सहमति निर्माणका लागि त्याग गर्न तयार भएपछि उनलाई उपसभापतिको जिम्मेवारी दिइएको हो । 

महामन्त्रीमा पनि ५ जना चुनिएका छन् जसमा रेशम बस्याल, कुश बस्नेत, रोमियन चेमजोङ, नोर्बु शेर्पा र इन्द्रहाङ लिङ्देन छन् । सह-महामन्त्रीमा रविचन्द्र उप्रेती, गुन्जेश्वर न्यौपाने, सञ्जीव राई, उमिरा (उषा) राई, सन्तोषकुमार सुवेदी र रोहित राई चुनिएका छन् । त्यसैगरि, सदस्यहरूमा लिलाधर पौडेल, प्रमिला तिवारी भट्टराई, भिमराज राई, बाग्बीर पुन, जंग पुन, विज्ञान प्रसाईं, देवराज राई, किरण राई, बाबुराम भुसाल र पूर्णकुमार मादेन छानिएका समितिले जनाएको छ ।

निर्वाचनका लागि डा. सम्पूर्णानन्द ढुङ्गानाको संयोजकत्वमा खुसी लिम्बु सदस्य सचिव र राजेन्द्र खरेल एवं केशव भण्डारी सम्मिलित निर्वाचन समिति बनाइएको थियो । केन्द्रीय प्रतिनिधिमा समितिका पूर्व सभापति लोक गुरुङ थिए यसै गरी, अधिवेशनले आउँदो डिसेम्बर महिनामा काठमाडौँमा हुन गइरहेको नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि प्रतिनिधि पनि चयन गरेको छ ।

बेलायतबाट छानिएका १४ जना महाधिवेशन प्रतिनिधिमा विश्वआदर्श पण्डित, कोपिला वनेम लिम्बु, विज्ञान प्रसाईं, केशबहादुर गुरुङ, इन्द्रहाङ लिङ्देन, तर्कजंग गुरुङ, नरकुमारी लिम्बु, कुमारी गुरुङ, महेश दाहाल, आलेख चौहान, युवराज गुरुङ, विनोद मोक्तान, सूर्य नेम्वाङ र योगेन क्षेत्री छन् । विदेशबाट काँग्रेस महाधिवेशनमा जाने प्रतिनिधि भारतबाहेक बेलायतको सबैभन्दा ठुलो सङ्ख्या हो । समितिमा २ हजार ५ जना क्रियाशील सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप