शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विमलेन्द्र निधि धनुषा–३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि

आइतबार, १२ मङ्सिर २०७८, २० : ३६
आइतबार, १२ मङ्सिर २०७८

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । आइतबार भएको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा उपसभापति निधिसहित बाँकी महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चुनिएका हुन् ।

उपसभापति निधि पत्नी अनामिका निधि, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधिसभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश सांसद शिवचन्द्र चौधरी र प्रदेश सांसद प्रमिला दास सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

त्यसैगरि, धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिमा धिरेन्द्र निधि सर्वसम्मत निर्वाचित भएका छन् । धनुषाका बाँकी निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी नै रहेको नेपाली काँग्रेसका युवा नेता परर्फुल घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप