बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पदाधिकारी र केन्द्रीय सदस्यको सूची बोकेर रिसोर्टबाट बाहिरिए केपी ओली

आइतबार, १२ मङ्सिर २०७८, २१ : ४१
आइतबार, १२ मङ्सिर २०७८

चितवनको पार्क सफारी रिसोर्टमा दिनभर पार्टीका विभिन्न नेतासँगको छलफलपछि दशौं महाधिवेशनबाट चयन हुने पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची बोकेर अध्यक्ष केपी शर्मा ओली बन्दसत्र आयोजना स्थलतर्फ प्रस्थान गरेका छन् ।

केहीबेर अघि ओली रिसोर्टबाट सूची बोकेर बाहिरिएका हुन् । उनी बन्दसत्रमा सहभागी हुन प्रस्थान गरेका हुन् । सहमतिमै नेतृत्व चयन गर्ने प्रयासस्वरुप अहिलेसम्म बन्दसत्र सुरु हुन सकेको थिएन । ओलीले निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची बन्दसत्रमा पेस गर्ने र बन्दसत्रले त्यसलाई अनुमोदन गर्ने गरी यतिबेला बन्दसत्र सुरु हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप