बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रामेछापको जलदेवी माविका तहगत शिक्षक कक्षा लिनबाट बन्चित

आइतबार, १२ मङ्सिर २०७८, २२ : ०५
आइतबार, १२ मङ्सिर २०७८

रामेछापको सुनापति गाउँपालिका–५ स्थित जलदेवी माध्यमिक विद्यालयका शिक्षकलाई तहगत कक्षा लिनबाट बन्चित गरिएको छ । प्रधानाध्यापक रामेश्वर खड्काले मावि तहका शिक्षकलाई सो तहमा पढाउन बन्चित गरेर आधारभूत तहको कक्षामा सिमित गरेपछि शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरु असन्तुष्ट भएका छन् ।

अंग्रेजी शिक्षक पूजा मिश्र र गणित शिक्षक रामचन्द्र कार्की मावि तहका शिक्षक हुन् । तर, उनीहरुलाई मावि तहको अध्यापन गर्न दिइएको छैन । प्रधानाध्यापक रामेश्वर खड्का आफैंले कक्षा ९ र १० को अंग्रेजी विषय पढाउँछन् । उनी निमावि तहका शिक्षक हुन् ।

त्यस्तै प्रावि तहका शिक्षक दीपा खड्काले मावि तहको गणित विषय पढाइरहेकी छिन् । उनी प्रअ खड्काकी पत्नी हुन् । प्रअ दम्पतीले मावि तहमा नियमित कक्षा पढाएर विद्यार्थीहरुलाई उनीहरुसँगै ट्युसन पढ्न पनि बाध्य बनाएका छन् । विषयगत शिक्षक नभएपनि मावि तहको ट्युसन पढाएर मोटो रकम आर्जन गर्ने लोभले उनीहरुले तहगत शिक्षकलाई कक्षा लिनबाट बन्चित गरेको विद्यालय व्यवस्थापन समितिका एकजना सदस्यले रातोपाटीलाई बताए ।

निमावि तहको नियुक्ति भएर पनि माविसम्म पढाएको भनेर प्रअले नीजि श्रोतबाट समेत थप तलबभत्ता लिएका छन् । प्रअले दोहोरो तलबको लोभमा आफ्नो तहभन्दा माथिल्लो तहको कक्षा लिएपनि मावि तहका गणित र अंग्रेजी शिक्षकलाई कक्षा लिनबाट बन्चित गरिएको भन्दै आलोचना भएको छ । यसबारे सम्पर्क गर्ने प्रयास गर्दा प्रअ खड्का सम्पर्कमा आउन चाहेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप