शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले अध्यक्ष मण्डलको बैठक सुरु

आइतबार, १२ मङ्सिर २०७८, २२ : ०८
आइतबार, १२ मङ्सिर २०७८

नेकपा एमालेको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । पार्टी अध्यक्षले तयार गरेको पदाधिकारी र सदस्यहरुको नामावलीबारे छलफल गर्न बैठक बसेको छ । बैठकले उक्त नामावलीलाई अनुमोदन गर्ने एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए । शनिबार बन्दसत्रले पार्टीको पदाधिकारी र सदस्यहरु चयन गर्ने अधिकार पार्टी अध्यक्षलाई दिएको थियो । अध्यक्ष मण्डलको बैठकपछि सो नामावलीलाई बन्दसत्रमा पेस गरिनेछ ।

अध्यक्ष ओलीले आइतबार दिनभर छलफल गरेर प्यानल तयार गरेका छन् । केही बेर अघिमात्र उनी आफू बसेको होटलबाट निस्किएर बन्दसत्र स्थल पुगेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप