स्वास्थ्य मन्त्रालयद्वारा महाशाखा र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर
अनुप बास्तोला टेकुबाट सार्क क्षयरोग केन्द्रमा
आइतबार, १२ मङ्सिर २०७८, २२ : २६
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महत्त्वपूर्ण महाशाखा र अस्पतालका निर्देशकको सरुवा गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा अनुप बास्तालेलालाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको छ । यस्तै टेकु अस्पतालको निर्देशकमा डा मनीषा रावललाई ल्याइएको छ ।
नीति योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी क्षयरोग केन्द्रका प्रमुख डा तारा पोखरेललाई दिइएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा सङ्गीता मिश्रलाई महाशाखा स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनको ठाउँ डा अमिरबाबु श्रेष्ठलाई दिइएको छ । हाल समन्वय महाशाखा प्रमुख रिता भण्डारी जोशीलाई जिम्मेवारी विहीन बनाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै