बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शीर्ष नेताको पर्खाइमा बन्दसत्रमा गीत गाएर बस्दै महाधिवेशन प्रतिनिधि

आइतबार, १२ मङ्सिर २०७८, २३ : २१
आइतबार, १२ मङ्सिर २०७८

बिहान ७ बजेदेखि बस्ने भनिएको नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र रातिको ११ बजिसक्दा पनि सुरु हुन सकेको छैन । बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरु शीर्ष नेताहरुको पर्खाइमा रहेका छन् । समय बिताउनका लागि बन्दसत्र हलमा यतिबेला उनीहरु गीत गाउनका साथै कविता वाचन गरिरहेका छन् ।

उता, अध्यक्ष केपी शर्मा ओलीसहित अध्यक्ष मण्डलका सदस्यहरु पदाधिकारी र सदस्यहरुको नामावलीबारे छलफलमा व्यस्त छन् । शनिबार बन्दसत्रले प्यानल छान्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो । सोही बमोजिम ओलीले नामावली तयार गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप