मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अध्यक्ष मण्डलको बैठक सकियो, ओली बन्दसत्रमा

सोमबार, १३ मङ्सिर २०७८, ०० : ०८
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेको अध्यक्ष मण्डलको बैठक सकिएको छ । बैठकलगत्तै अध्यक्ष ओली बन्दसत्रको हलमा प्रवेश गरेका छन् । योसँगै बिहान १० बजे बस्ने भनिएको बन्दसत्र १४ घण्टा ढिला गरी सुरु भएकाे छ । 

उता केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको सूचना प्रकाशित गरेको छ । आइतबार दिनभर सहमतिमै नेतृत्व चयनको प्रयास गरिए पनि राति अबेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।  महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरूको निर्वाचन प्रयोजनका लागि पार्टी विधानको अधीनमा रही केन्द्रीय निर्वाचन आयोगको निर्णयअनुसार  निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप