मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

महिला पुरोहितले गराइन् जोडीको विवाह

सोमबार, १३ मङ्सिर २०७८, ०८ : ०४
सोमबार, १३ मङ्सिर २०७८

हामीले लगभग सबै विवाहमा पुरुष पुरोहितले नै विवाह गराइदिरहेको देख्छौं । विवाहमा मात्रै नभई लगभग सबैजसो धार्मिक कार्य पुरुष पुरोहितले नै गराइरहेका हुन्छन् । महिला पुरोहितको काम खाना पकाउने, पण्डितहरूलाई खुवाउने आदि इत्यादिमा मात्रै सिमित हुन्छ । तर पश्चिम बंगालको हुगली क्षेत्रमा यतिबेला एउटा विवाह चर्चाको विषयमा बनेको छ ।

उक्त विवाहलाई एक महिला पुरोहितले सम्पन्न गराएकी थिइन् । जुन परम्परालाई थुप्रै वर्षदेखि पुरुषले निभाउँदै आएका थिए अब यस पटक यो ठूलो परिवर्तन महिलाले गरेर देखाएकी छिन् । सोसल मिडियामा जुन तस्बिर भाइरल भइरहेको त्यसमा महिला पुरोहितले मन्त्र उच्चारण गर्दै हवन गरिरहेकी छिन् ।

स्मरण रहोस्, विवाह बन्धनमा बाँधिएका यो जोडी उत्सव र साक्षी हो । यी दुबैले पारम्परिक बंगाली विवाहभन्दा केही भिन्न गर्ने सोचेका थिए । त्यसपछि नै महिला पंडित अनिता मुखोपाध्यायसँग सम्पर्क गरियो र उनी यो विवाह गराउन मानिन् ।

यी दुई व्यावसायिक रुपमा सफ्टवेयर इन्जिनियर हुन् । आफ्नो विवाहलाई विशेष बनाउनका लागि उनीहरुले यस्तो सोचेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप