शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडामा ओमिक्रोनका दुई संक्रमित भेटिए, अमेरिकामा अफ्रिकी देशसँग यात्रा प्रतिबन्ध लगाउने तयारी

सोमबार, १३ मङ्सिर २०७८, ०९ : ३५
सोमबार, १३ मङ्सिर २०७८

कोरोनाको ओमिक्रोन भेरियन्टले संसारभरीका देशलाई चिन्तामा पारेको छ । थुप्रै देशले परीक्षण–आइसोलेशनमा तीब्रता ल्याउन आदेश दिएको छ । यस्तै, यूके, श्रीलङ्का, माल्दिभ्ससमेत थुप्रै देशले अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाएको छ । अमेरिकामा पनि सोमबार अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाउने तयारी गरिँदैछ । यस्तै क्यानडामा ओमिक्रोनमा दुई संक्रमित भेटिएका छन् ।

क्यानडामा भेटिए दुई ओमिक्रोन संक्रमित, नाइजेरियाबाट फर्किएका थिए

क्यानडामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका पहिलो दुई संक्रमित भेटिएका थिए । क्यानडा सरकारले ओन्टरियोमा ओमिक्रोन भेरियन्टका दुई संक्रमित पुष्टि भएको जानकारी दिएको छ । यी दुबै नाइजेरियाबाट फर्किएका थिए । चिफ मेडिकल अफिसर अफ हेल्थले ओटावा पब्लिक हेल्थले यसबारे अनुसन्धान गरिरहेको र दुबै बिरामी आइसोलेशनमा भएको जानकारी दिएको छ ।

 त्यसपछि नै क्यानडाबाट आउने यात्रीका लागि परीक्षणको नियम कडा बनाइँदै छ । अब कुनै पनि देशबाट आउने यात्रीलाई विमानस्थलमा नै परीक्षण गर्नुपर्नेछ । शुक्रबार क्यानडाले दक्षिणी अफ्रिकी देशबाट आउने यात्रीमाथि प्रतिबन्ध लगाएको थियो ।

अमेरिकाले अफ्रिकी देशसँग यात्रा प्रतिबन्ध लगाउने तयारीः

दक्षिण अफ्रिकामा सबैभन्दा पहिला भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न अमेरिकाले पनि तयारी थालेको छ । अमेरिकाले यो भाइरसबाट बच्नका लागि अफ्रिकी देशबाट कुनै पनि प्रकारको यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । राष्ट्रपति जो बाइडेनको प्रशासनले यसको घोषणा सोमबार गरिने जानकारी दिएको छ ।

उता राष्ट्रपतिका चीफ मेडिकल एडभाइजर डा. एन्थोनी फाउचीले ओमिक्रोन कोरोनाको हालसम्म भेटिएका अन्य सबै भेरियन्टको तुलनामा सबैभन्दा तीब्र गतिमा संक्रमण फैलाउने खालको जस्तो लागेको बताएका छन् । हालसम्म प्रकाशित तथ्यका आधारमा यो भेरियन्ट मोनोक्लोनल एन्टीबडीज (कोरोना संक्रमण भएपछि प्राकृतिक तरिकाले शरीरमा आफैं बन्ने प्रतिरोधी) लाई बाइपास गर्न सक्ने र यसैकारण यो थोरै घातक हुनसक्ने धेरैले अनुमान गरिरहेका छन् । यसका साथै भ्याक्सिनका कारण बनेको एन्टीबडिजलाई पनि यसले धोका दिनसक्ने आँकलन गरिएको छ ।

नेदरल्याण्डमा १३ जनामा ओमिक्रोन भेरियन्ट भेटियो, सबैजना दक्षिण अफ्रिकाबाट एमस्टर्डम पुगेका थिए:

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि धेरै देश सतर्क भएका छन् । नेदरल्याण्डमा शुक्रबार ६१ जनामा कोरोना संक्रमण देखिएको थियो । यीमध्ये १३ मा ओमिक्रोन भेरियन्ट भेटिएको छ । उता मोडर्ना भ्याक्सिनका चिफ मेडिकल अफिसर डाक्टर पल बर्टनले ओमिक्रोन भेरियन्टलाई खतरनाक बताएका छन् । यस्तै बर्टनले यो भेरियन्टसँग पनि जुध्न सकिने आशा भने व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप