
सुनको भाउ १०० रुपैयाँ घट्यो, चाँदीको बढ्यो

गत आइतबारको तुलनामा आज सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा १०० रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १०० रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा झरेको छ । यस्तै यता चाँदी गत आइतबारको मूल्यमा तोलामा १० रुपैयाँले बढ्दै आज एक हजार २२० रुपैयाँ पुगेको छ ।
गत आइतबार बजारमा सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र चाँदी एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो । यता तेजाबी सुनको मूल्य समेत आज गत आइतबारको मूल्य १०० रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ