शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘घुइँचो’ एलिजाका लागि राहत

सोमबार, १३ मङ्सिर २०७८, १३ : ४८
सोमबार, १३ मङ्सिर २०७८

‘अनुराग’ बाट फिल्म अभिनयमा डेब्यु गरेकी हुन् अभिनेत्री एलिजा गौतमले । निर्माण समेत आफ्नै रहेको ‘अनुराग’ बाट उनलाई सोचेजस्तो सफलता हात पार्न सकेन । फिल्ममा त उनले डेब्यु गरिन् तर अभिनयमा भने पहिचान छोड्न सकिनन् । सोही कारणले पनि उनको हातमा नयाँ फिल्म पर्न मुस्किल पर्यो ।

‘अनुराग’ मा अभिनय गरेको लामो समयपछि उनको हातमा अर्काे फिल्म पर्यो ‘घिन्ताङ’ । निर्देशक दीपक श्रेष्ठले फिल्ममा गौरव पहाडीको जोडीको रुपमा उनलाई ‘घिन्ताङ’ मा भित्र्याएका थिए । फिल्म छायाङ्कनका लागि फ्लोरमा निस्कने तयारी गर्दैगर्दा उनले ‘घिन्ताङ’ पनि छोडिन् । फिल्म ‘घिन्ताङ’ छोडेर म्युजिक भिडियोमा रमाइरहेकी उनी अहिले भने फिल्म ‘घुइँचो’ मा अनुबन्धित भएकी छन् ।

हालै राजधानीको एक पाँचतारे होटलमा निर्माणको घोषणा भएको फिल्ममा उनी नव अभिनेता कुन्साङका जोडीको रुपमा अनुबन्धित भएकी हुन् । सामाजिक कथावस्तुमा बन्न लागेको फिल्म दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । फिल्मका निर्माता रामजी दैलेखी रहेका छन् ।

फिल्म घोषणा कार्यक्रममा एलिजा फिल्मको कथाले आफुलाई तानेको बताएकी थिइन् । फिल्म आफ्ना लागि पुनर्जन्म भएको समेत उनले बताएकी थिइन् । 
लामो समयदेखि फिल्म हात पार्न नसकेकी उनलाई ‘घुइँचो’ले राहत मिलेको फिल्मकर्मीहरु बताउन थालेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप