
हत्या आरोपमा आमाछोरी पक्राउ

मोरङको कटहरी गाउँपालिका–५ घर भएका राजेन्द्र उराउको हत्या गरेको आरोपमा प्रहरीले उनकी आमा र बहिनीलाई पक्राउ गरेको छ । मृतककी आमा ५५ वर्षीया बातियो उराउ र बहिनी ३० वर्षीया रिता उराउलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
शनिबार साँझ घरायसी विवाद हुँदा आमा र बहिनीले बाँसको लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका राजेन्द्रको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । राजेन्द्रले मादक पदार्थ सेवन गरेको विषयमा विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ