बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा ओलीको प्रस्तावभन्दा ३० जना बढी उम्मेदवार थपिए

सोमबार, १३ मङ्सिर २०७८, १५ : ४६
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेको दशौं महाधिवेशनमा निर्वाचित हुने केन्द्रीय सदस्यमा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले ३०१ जनाको नाम सिफारिस गरेका थिए । तर, ओलीले सिफारिस गरेका नामभन्दा ३० जना बढीको उम्मेदवारी परेपछि अब केन्द्रीय सदस्यका बीचमा समेत चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

एमालेको विधान अनुसार हरेक प्रदेशमा भूगोल तर्फको खुला अन्तर्गत पुरुष ६ जना र महिला ३ जनासमेत ९ जनाको कोटा निर्धारण गरिएको छ । ओलीले यही अनुसार हरेक प्रदेशमा नौ–नौ जनाका दरले सिफारिस गरेका थिए ।

तर, हरेक प्रदेशबाट विधानले तोकेको कोटाभन्दा बढी उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । प्रदेश १ मा ९ जना केन्द्रीय सदस्यको कोटामा १२ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, बागमती प्रदेशमा ९ सिटमा ११ जनाको उम्मेदवारी परेको छ भने कर्णालीमा १० जनाको उम्मेदवारी परेको छ । सुदूरपश्चिममा ९ सिटमा थप तीन पुरुष र तीन महिला गरी १५ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी समावेशी कोटातर्फका क्लस्टरमा समेत बढी उम्मेदवारी परेका कारण चुनावमा जानुपर्ने भएको हो । सम्पर्क समन्वय क्लस्टरमा दुई जनाको कोटा रहेकोमा तीन जनाको उम्मेदवारी परेको छ । यस्तै, आदिवासी जनजाति खुलातर्फ १७ जनाको सिटमा १९ जनाको उम्मेदवारी परेको छ । त्यस्तै जनजाति महिलातर्फको ८ जनाको सिटमा ९ जनाको उम्मेदवारी परेको छ ।

मधेसी क्लस्टरमा १३ जनाको सिट रहेकोमा १५ जनाको उम्मेदवारी परेको छ भने दलिततर्फ ८ जनाको सिटमा ११ जनाको उम्मेदवारी परेको छ ।

एमालेको विधानले थारुतर्फ ५ जना पुरुष र तीन जना महिलाको कोटा तोकेको छ । यसमा पनि एकजनाको बढी उम्मेदवारी परेको छ । मुस्लिमतर्फ ५ जनाको सिटमा ७ जनाको र पिछडिएको क्षेत्रमा महिलासहित ४ जनाको सिटमा ६ जनाको उम्मेदवारी परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप