एमालेमा अध्यक्षका दुई उम्मेदवार : रावल भोट माग्न व्यस्त, ओली जितमा विश्वस्त
नेकपा एमालेको दसौँ महाधिवेशनमा अध्यक्ष पदका दुई उम्मेदवारमध्ये भीम रावल सोमबार दिनभरजसो महाधिवेशन प्रतिनिधिसँग भेटघाट गर्दै आफूलाई मत दिन आग्रह गरिरहेका देखिए । तर अध्यक्ष पदका अर्का उम्मेदवार केपी शर्मा ओली भने उम्मेदवारी दर्तापछि महाधिवेशन स्थलमा देखिएका छैनन् ।
रावलले महाधिवेशन स्थलमा महाधिवेशन प्रतिनिधिसँग भेट गर्ने, संक्षिप्त वार्तालाप गर्ने र आफ्नो उम्मेदवारीका बारेमा प्रस्ट पार्दै मत माग्ने गरेको देखियो । कतिपय महाधिवेशन प्रतिनिधिले उनलाई उम्मेदवारी फिर्ता लिनसमेत सुझाव दिएका थिए । उनीहरूलाई रावलले जबजको मूल्य र मान्यताअनुसार आफूले उम्मेदवारी दिएको भन्दै महाधिवेशनमा हुने प्रतिस्पर्धालाई सबैले स्वाभाविक रूपमा लिनुपर्ने जवाफ दिए ।
अर्कोतिर ओली भने उम्मेदवारी दर्ता गरे लगत्तै महाधिवेशन आयोजना स्थलबाट बाहिरिएर आफू बस्दै आएको होटलमा पुगेका छन् । उनी दिनभर सोही होटलमा बसे । ओली निकट नेताहरूका अनुसार ओलीले रावलको उम्मेदवारीलाई त्यति चुनौतीपूर्ण मानेका छैनन् । त्यसैले पनि ओलीले महाधिवेशन स्थलमा दौडधुप गरिरहन आवश्यक नठानेका हुन् । यद्यपि, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्य पदका उम्मेदवार भने महाधिवेशन प्रतिनिधिसँग हात जोडेर भोट मागिरहेका छन् ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण