
'बा' को पछि लाग्दा घनश्याम र योगेशहरुको राजनीति संकटमा : सिंह

अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले केपी ओलीका कारण घनश्याम भुसाल र योगेश भट्टराईहरूको समेत राजनीति सङ्कटमा फसेको टिप्पणी गरेकी छिन । अखिल(क्रान्तिकारी)महेन्द्र रत्न बहुमुखी क्याम्पस समिति ईलामद्वारा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेतृ सिंहले समाजले आशा गरेका नेताहरू ओलीको पछि लाग्दा उनीसँगै उनीहरूको राजनीति समेत जोखिममा परेको बताएकी हुन् ।
विद्यार्थी नेताहरू दिनेश पुन ,मदन भट्टराई र खगेन्द्र सुवेदी लगायतले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा उपस्थित सिंहले ओली नेतृत्वमा रहेको सरकार ढालेर उनलाई बालकोट र एमाले नेतृत्वमा रहेका प्रदेश सरकारहरू ढालेर साना ओलीहरूलाई पनि घर फिर्ता पठाइसकिएको भनाइ राखेकी थिइन् । "आउने स्थानीय तहको निर्वाचनपछि देशभरका पालीका र वडाहरूबाट 'भुरे टाकुरे ओली'हरुलाई समेत बिदा गरेर एमाले मुक्त मुलुक निर्माण गरिनेछ," नेतृ सिंहले अगाडी भनिन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ