ad
x

चपली हाइटसँग जुधाउन अल्लु अर्जुनको फिल्म भित्रिएपछि निर्माताको आक्रोश

नेपाली फिल्म सिध्याउन नेपाली नै लागे– अर्जुन कुमार

person explore access_timeमंसिर १३, २०७८ chat_bubble_outline1

निर्माता अर्जुन कुमारले नेपाली फिल्म सिध्याउन नेपाली नै लागि परेको भन्दै आक्रोश पोखेका छन् । ‘चपली हाइट ३’ सँग जुधाउन नेपाली वितरकले अल्लु अर्जुन अभिनित साउथ फिल्म ‘पुष्पा’ नेपाल भित्र्याएपछि उनी आक्रोशित बनेका हुन् । यो फिल्म वितरक मनोज राठीले नेपाल ल्याएका हुन् ।


नेपाली फिल्मका लागि भारतीय फिल्म अभिशाप भएको उनले बताए । नेपाली फिल्मका सबै निर्माता एक भएर भारतीय फिल्म विरुद्ध लाग्नुपर्ने उनको धारणा उनले सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । ‘डेढ दुई लाखमा हिन्दी डब फिल्म ल्याएर नेपाली फिल्मलाई तर्साउन खोज्छस् ? याद गर, नेपाली मेकरलाई सधैँ यसरी नसताऊ । फेरि पछुताउनु पर्ला’ उनले फेसबुकमा लेखेका छन् ।



नेपाली फिल्म उद्योग चलायमान बनाउन आफूले पुस २ मा ‘चपली हाइट ३’ रिलिज गर्न लागेको दाबी गरेका अर्जुनले विदेशी फिल्म नेपाल भित्र्याएर आफू विरुद्ध चलखेल गरेको आरोप लगाए । ‘म नेपाली फिल्म चल्नुपर्छ, निर्माता बच्नुपर्छ भनेर रिक्स मोलेर फिल्मी माहोल फर्काउन फिल्म रिलिज गर्न लागेको छु’ अर्जुन कुमारले गुनासो गरेका छन्, ‘हाम्रै नेपाली फिल्मका वितरक मेरो फिल्मसँग जुधाउन हिन्दी फिल्म ल्याउँछन् ।’ केही रकमको लोभमा नेपाली फिल्म विरुद्ध लाग्नेलाई सबै निर्माताले मिलेर तह लगाउनु पर्ने अर्जुन कुमारको भनाइ रहेको छ ।



अर्जुनले निर्माण गरेको फिल्म ‘चपली हाइट ३’ निकेश खड्काले निर्देशन गरेका हुन् । फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका छ ।









कमेन्ट

  1. Nov. 30, 2021, 2:27 p.m. Adarsha Chaulagain
    Race ma eklai kudera first huna parne yeslai. Film ramro banau afno competition badyo vanera rune kaam xaina. runche mula. Ajha ta Chapali Height 3 banayera competition aayo re. Family friendly film vaye ni euta kura😂
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।