ad
x

डडेलधुराको अधिवेशनले पायो मान्यता, कर्ण मल्ल समूह १४ औँ महाधिवेशन प्रक्रियाबाट ‘आउट’

person explore access_timeमंसिर १३, २०७८ chat_bubble_outline0

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेलधुरा जिल्ला अधिवेशनलाई मान्यता दिने निर्णय गरेको छ।  पार्टी केन्द्रीय कार्यालयमा बसेको निर्वाचन समितिको बैठकले सभापति शेरबहादुर देउवाको गृह जिल्लामा भएको अधिवेशनलाई मान्यता दिने निर्णय गरेको हो । 


काँग्रेस डडेलधुराका निवर्तमान सभापति कर्ण बहादुर मल्ल पक्षले जिल्ला अधिवेशन बदर गरेर पुन निर्वाचन गर्न माग गरेको थियो । निर्वाचन अधिकृत लोकेन्द्र बमको रिपोर्ट अनुसार डडेलधुराको जिल्ला अधिवेशनबारे थप निर्णय गर्न आवश्यक नभएको निर्वाचन समितिको ठहर छ । तर निर्वाचन समितिका सदस्य सीताराम केसीले भने उक्त निर्णयमाथि फरक मत राखेका छन् ।



डडेलधुराको जिल्ला अधिवेशनले मान्यता पाएसँग मल्ल समूह १४ औँ महाधिवेशनको प्रक्रियामा सहभागी नहुने अवस्थामा पुगेको छ । जिल्लाका सबै अधिवेशन बहिस्कार गरेका मल्ल समूह १५ औँ महाधिवेशनसम्मका लागि काँग्रेसको जिम्मेवारीबाट ‘आउट’ भएको हो ।   काँग्रेसमा मल्ल समूहका नेता कार्यकर्ता क्रियाशील सदस्यमा सीमित भएका छन् ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।