
सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब माथि पुग्यो

गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा मुलुकको सार्वजनिक ऋण १७ खर्ब २८ अर्ब ४४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । बैंकले समीक्षा अवधिमा नेपाल सरकारको कुल तिर्न बाँकी बाह्य ऋण ९ खर्ब २८ अर्ब १२ करोड र आन्तरिक ऋण ८ अर्ब ३२ करोड गरी कुल १७ खर्ब २८ अर्ब ४४ करोड तिर्नु रहेको जनाएको हो ।
यस्तो ऋण अघिल्लो आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा कुल १४ खर्ब २७ अर्ब १८ करोड रहेको थियो । बैंकका अनुसार समीक्षा अवधिमा मुलुकको सार्वजनिक ऋण २१.११ प्रतिशतले बढेको छ । उक्त सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४०.५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ३६.५ प्रतिशत मात्र रहेको थियो ।
सोमबार आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो तथ्याङ्क प्रस्तुत गरेको हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ